यी हुन् आयरल्याण्डविरूद्ध चम्केका नेपाली खेलाडीहरू | कुन खेलाडी ले के गरे ?
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
फतुल्लाहामा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १३१ रनमा समेटियो। १३२ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपाल मात्र २५.३ ओभरमा २ विकेट गुमाएर विजयी भयो।
नेपाललाई जिताउने खेलाडीहरू
सन्दिप लामिछाने
जारी यु-१९ विश्वकपको दोस्रो खेलमा आयरल्यान्डविरुद्ध नेपालका सन्दीप लामिछानेले सानदार प्रदर्शन गरे। राष्ट्रिय टोलीमा यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो।
नवलपरासीका सन्दीप लामिछानेले यु १९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन्। यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए। नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए।
आयराल्याण्डविरूद्ध १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ५ विकेट लिए।
योगेन्द्र सिंह कार्की
जारी यु-१९ विश्वकपको दोस्रो खेलमा आयरल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ कार्कीले नेपालको पारी सम्हाल्न महत्वपूर्ण भूमिका खेले। नटआउट ६१ रन बनाएका उनले ८१ बल खेल्दै ८ चौका प्रहार गरे। उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए ।
तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे।
आरिफ सेख
जारी विश्वकपमा राम्रो प्रदर्शन गर्दै आएका सेखले शनिबार आयरल्याण्डविरूद्ध ३१ रनको पारी खेले। उनले योगेन्द्रसिंह कार्कीसँग ७७ रनको साझेदारी समेत गरे।
३६ बल खेलेका सेखले ५ चौका प्रहार गरेका थिए।
यसअघि ७ ओभर बलिङ गरेका उनले २ मेडनसहित २० रन खर्चिए।
सुनिल धमला
ओपनर सुनिल धमलाले आयरल्याण्डविरूद्ध शनिबार २८ रनको पारी खेले। उनले ३५ बल खेल्दै ४ चौका र एक छक्कासहित २८ रन बनाए।
यसअघि १० ओभर बलिङ गरेका उनले ३ मेडनसहित २३ रन खर्चिएर १ विकेट लिए।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: